२८ बैशाख, २०८१ शुक्रबार

01:51:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले गिरावट आएको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ भदौ, २०७९

दोहोरो अंकले गिरावट आएको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिने बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । दुई दिनयता झिनो अंकले बढेको सेयर बजारमा बिहिबार भने ओरालो लागेको हो ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.५४ बिन्दुमा बन्द भएको छ । यस दिन २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँको कारोबार भएको हो ।

सो रकम बराबरको कारोबार हुँदा हिमाल दोलाखा हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको हो । कम्पनीको ११ करोड २४ लाख ६५ हजार रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ४१ लाख २८ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ८ करोड ३१ लाख व्४० हजार रुपैयाँ र अरुण काबेली पावरको ७ करोड २८ लाख ६१ हजार रुपैयाँको करोबार भएको हो ।