२८ बैशाख, २०८१ शुक्रबार

10:42:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारको कारोबार हटाउन नेप्सेमा निवेदन, आगामी साताबाट बन्द गर्ने आश्वासन

९ भदौ, २०७९

शुक्रबारको कारोबार हटाउन नेप्सेमा निवेदन, आगामी साताबाट बन्द गर्ने आश्वासन

काठमाडौं । शुक्रबार कारोबार हुँदै आएको सेयर बजारको दोस्रो बजार बन्द गर्न माग राख्दै लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका छन् । लगानीकर्ताहरुले शुक्रबारको सेयर बजार कारोबार बन्द गर्न माग गर्दै बिहीबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

'विगतमा नेपाल सरकारको निर्णय बमोजिम आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिइने निर्णय भएको सर्वविदितै छ । सोही निर्णय अनुसार सेयर बजारमा पनि आइतबार बिदा दिई शुक्रबार सेयर बजार खुलाएको थियो पछि नेपाल सरकारले उक्त निर्णय फिर्ता लिई सकेपछि हाल आइतबार पनि कार्यालयहरु संचलानमा आएको छ र सोही बमोजिम सेयर बजार पनि आइबार संचालनमा आयो तर नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरीरहेको छ । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने निवेदन गर्दछौं । अब उप्रान्त पूर्व यथावत अवस्थामै हप्तामा ५ दिन मात्र सेयर कारोबार संचालनको लागि हामी आम लगानी कर्ताहरुले अब शुक्रबार सेयर कारोबार पूर्ण रुपमा बन्द हुनु पर्छ भनी हस्ताक्षर संकलन गरी पेश गरेका छौ ' लगानीकर्ताले सिईओ कार्कीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

लगानीकर्ताहरुको निवेदन बुझ्दै नेप्सेका सिईओ कार्कीले यो सातामा सम्भव नभएपनि आगामी सातादेखि शुक्रबारको कारोबार बन्द गर्ने आश्वास दिनुभएको छ । यसअघि नेप्सेका सहायक प्रबन्धक निरञ्जन फुँयालले शुक्रबारको कारोबार बन्द गर्ने तयारीमा नेप्से रहेको जनाउनुभएको थियो ।