२८ बैशाख, २०८१ शुक्रबार

03:52:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा १८.३० अंकको गिरावट, कारोबार कति ?

Nepal Business

९ भदौ, २०७९

सेयर बजारमा १८.३० अंकको  गिरावट, कारोबार कति ?

काठमाण्डौं । दुई दिन झिनो अंकले बढेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १८.३० अकंले घटेर २ हजार ३९.५४ विन्दुमा बन्द भएको छ । 

बिहीबार सेयर बजार घट्दा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार ७४१ रुपैयाँको कारोबार भएको छ भने ४२ लाख ३४ हजार ११७ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै आज सबै उपसूचकहरु राताम्मे छन् । कम्पनीहरुमा उपर हेवाखोलामा सकरात्मक सर्किट ब्रेक लागेको छ भने रुरु जलविद्युत परियोजना ८.९३ प्रतिशत, नेष्डो २.०७ प्रतिशतले बढेका छन् ।