२५ बैशाख, २०८१ मंगलबार

07:37:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा

९ भदौ, २०७९

नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ७ औँ साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको आज (भदौ ९ गते बिहीबार) बिहान बसेको बैठकले वार्षिक साधारणसभा भदौ ३० गते बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्। साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ र १८ गतेसम्म  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।