२५ बैशाख, २०८१ मंगलबार

10:34:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडवीच व्यसायिक सम्झौता

Nepal Business

९ भदौ, २०७९

ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडवीच व्यसायिक सम्झौता

काठमाण्डौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडवीच व्यसायिक सम्झौता भएको छ । 

सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गर्नभएको हो । 

यो ई–बीमाको पहिलो व्यावसायिक सम्झौता हो । सम्झौता अनुसार इ–बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै ई–बीमा खरिद गर्न सकिनेछ । 

यस्तै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताउँदै जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । 

उहाँले ई–बीमासँग यो सम्झौतामा हस्ताक्षर गरेर हामी यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । 

यसैगरी एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ–बीमासँग गरिएको यो सम्झौतापछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गर्नुभयो । 

अधिकृत पन्तले बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दैे एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।