३० चैत, २०८१ शनिबार
01:20:45 AM
८ भदौ, २०७९
काठमाडौँ । हिम पर्वत हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको उक्त सभा भदौ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
उक्त साधारणसभाले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि १४ लाख कित्ता र सर्वसाधारणको लागि २८ लाख कित्ता गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले यसअघि नै आईपीओ निष्काशन गर्नका लागि सीबीआईएल क्यापिटल लिमिटेडलाई कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले दोलखा जिल्लामा २० मेवाको साँगु खोला जलविद्युत आयोजना र ५.५० मेवा साँगु खोला–१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवाको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।