२८ बैशाख, २०८१ शुक्रबार

05:24:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कारोबारको चौथो दिन सेयर बजार झिनो अंकले बढ्यो

Nepal Business

८ भदौ, २०७९

कारोबारको चौथो दिन सेयर बजार झिनो अंकले बढ्यो

काठमाण्डौं । सेयर बजारमा बुधबार पनि झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २.८७ अंकले बढेर २ हजार ५७.८५ विन्दुमा बन्द भएको छ । 

सेयर बजार बढ्दा आज १ अर्ब ५२ करोड ६१ लख ८६ हजार २१८ रुपैयाँको कारोबार भएको छ भने ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ७ उपसमुहहरु उकालो लागेका छन् भने बाँकी ओरालो लागेका छन् । कम्पनीहरुमा मन्दाकनी हाइड्रोपावर र उपर हेवाखोला हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

यस्तै रुरु जलविद्युत परियोजना ५.८६ प्रतिशत, अरुण काबेली मावर ५.२५ र सिन्दु विकास बैंक ४.६२ प्रतिशतले बढेका छन् ।