२८ बैशाख, २०८१ शुक्रबार

01:00:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सामान्य अंकले बढेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

८ भदौ, २०७९

सामान्य अंकले बढेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चोंथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अकंले बढेको छ । बुधबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) २.८७ अकंले बढेर २०५७.८५ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँको काराबोर भएको हो । नेप्सेमा झिनो सुधार आउँदा अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपी पावरको ८ करोड ८ लाख २५ हजार रुपैयाँ, रिडी पावरको ५ करोड ६४ लाख ६७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोठ ११ लाख ८२ हजार रुपैयाँको करोबार भएको हो ।