२६ बैशाख, २०८१ बुधबार

06:57:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुन योजनामा कति बोनस ?

८ भदौ, २०७९

५ जीवन बीमा कम्पनीले सार्वजनिक गरे बोनसदर, कुन योजनामा कति बोनस ?

काठमाडौं । नेपालमा संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये हालसम्म ५ वटा कम्पनीले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

हालसम्ममा बोनस दर सार्वजनिक गर्ने कम्पनीहरुमा नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ,आइएमई लाइफ रहेका छन् ।  यी जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

१) नेशनल लाइफ इन्स्योरेन्स  
                              
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनी २०७८ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँ सम्म कम्पनीले बीमितलाई बोनस वितरण गर्नेछ ।

२) आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट स्वीकृति पाएपछि बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । सावधिक जीवन बीमालेखमा र सावधिकर अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार ३० रुपैयाँ देखि ७० रुपैयाँ सम्म पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि बीमितले ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तरगतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

३) ज्योति लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन ६ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनसदर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक र सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस पाउनेछन् । अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्युनतम ४३ रुपैयाँ देखि ५० रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तै  ज्योति ईजी पे जीवन बीमा योजनाका बीमितले न्युनतम २० रुपैयाँ देखि ३० रुपैयाँ बोनस पाउनेछन् ।

४) मेट लाइफ इन्स्योरेन्से

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन । यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

५) एशियन लाइफ इन्स्योरेन्से

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४० रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस पाउनेछन् ।