२५ बैशाख, २०८१ मंगलबार

08:53:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनकोशी तेस्रोमा लगानी गर्न बंगलादेश इच्छुक, अनुमानित लागत १ अर्ब ४५ करोड डलर बढी

८ भदौ, २०७९

सुनकोशी तेस्रोमा लगानी गर्न बंगलादेश इच्छुक, अनुमानित लागत १ अर्ब ४५ करोड डलर बढी

काठमाडौं । सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश उत्साहित देखिएको छ ।  काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको उक्त  जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इच्छुक देखिएको छ ।

बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ ।

अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताउनुभयो । उक्त आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।

ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिव स्तरीय संयुक्त निर्देशक समिति र सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकमा सुनकोशी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने उहाँले बताउनुभयो ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र  निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो ।  बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो ।