२८ बैशाख, २०८१ शुक्रबार

09:57:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पुरानो लाभांश लिन सेयरधनीहरुलाई हिमालयन डिस्टिलरीको आग्रह

८ भदौ, २०७९

पुरानो लाभांश लिन सेयरधनीहरुलाई हिमालयन डिस्टिलरीको आग्रह

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको पुरानो लाभांश लिन आउन आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक बर्ष २०७०।७१ र २०७१।७२ को मुनाफाबाट वितरण गरेको लाभांश लिन बाँकी रहेका सेयरधनीहरुलाई बुझिलिन अनुरोध गरेको हो ।

कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको कमठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गरी उक्त लाभांश लिन कम्पनीले जारी गरेको सूचनामा आग्रह गरिएको छ।

कम्पनीले पटक पटक लाभांश लिन सेयरधनीहरुलाई सूचना गर्दा समेत लाभांश लिन नआएको भन्दै ३० दिन भित्र लाभांश लिन आग्रह गरेको हो ।  अबको ३० दिनभित्र उक्त लाभांश लिन नआएको खण्डमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।