२८ बैशाख, २०८१ शुक्रबार

08:40:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

८ भदौ, २०७९

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (भदौ ८ गते बुधबार) बाँडफाँड  सम्पन्न भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो । कम्पनीको आईपीओमा कुल १८ लाख ६५ हजार ९२६ आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९८० कित्ता सेयर माग भएको थियो। जसमा १८ लाख ६४ हजार ६४० आवेदकबाट परेको २ करोड ४ लाख ६१ हजार ८४० कित्ता सेयर सदर भएको छ भने १ हजार २८६ आवेदकबाट परेको १४ हजार १४० कित्ता बदर भएको छ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनैमध्येबाट २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १ सय ८३ जना आवेदक हात खाली भएका छन् ।

 आईपीओ नतिजा केहि समयपपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट http://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र धौलागिरी लघुवित्त कम्पनीको वेबसाइट https://dhaulagiribank.com/ बाट हेर्न सकिने छ ।