१५ चैत, २०८० बिहिबार

04:19:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार

Nepal Business

७ भदौ, २०७९

प्रतिवेदनमा प्रदेश १ का १४ जिल्लाका पर्यटकीय ब्राण्ड सेल उत्पादनलाई तहगत रूपमा वर्गीकरण गरिएको छ ।

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार

प्रदेश १,

प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ पहिचान गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

 प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यदलका संयोजक भविश श्रेष्ठले प्रदेश नं १ पर्यटन तथा संस्कृतिमन्त्री खिनुलङ्वा लिम्बुलाई प्रतिवेदन बुझाउनुभयो ।  

प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा कार्यदलका संयोजक भविश श्रेष्ठले प्रदेश नं १ पर्यटन तथा संस्कृतिमन्त्री खिनुलङ्वा लिम्बुलाई प्रतिवेदन बुझाउनुभयो । 

प्रतिवेदनमा प्रदेश १ का १४ जिल्लाका पर्यटकीय ब्राण्ड सेल उत्पादनलाई तहगत रूपमा वर्गीकरण गरिएको छ । 

पहिलो तहमा भोजपुरको खुकुरी, इलामको चिया, झापाको सुपारी, मोरङको माछालगायत हरेक जिल्लाका एक÷एक उत्पादनलाई समेटिएको छ । हिमाल, तराई, पहाड जोडेर लोगो पनि तयार पारिएको छ । लोगोमा ‘पृथ्वीको स्वर्ग मेरो प्रदेश’ भन्ने नारा लेखिएको छ ।

पर्यटन ब्राण्ड सेल निर्धारणका लागि १४ वटै जिल्ला समन्वय समिति, प्रदेशका एक सय ३७ पालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, विभिन्न सङ्घसंस्था र पर्यटन क्षेत्रका विज्ञसँग परामर्श गरिएको कार्यदलका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । 

पर्यटन व्यवसायी श्रेष्ठको संयोजकत्वमा प्रदेश १ का विभिन्न जिल्लाका चार सदस्यसहित पाँच सदस्यीय कार्यदलले ९० दिन लगाएर प्रतिवेदन तयार पारेर पर्यटन तथा संस्कृतिमन्त्रीलाई बुझाएको हो । 

मन्त्रीस्तरीय कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयनमा आउने पर्यटन तथा संस्कृतिमन्त्री लिम्बुले जानकारी दिनुभयो ।