१६ चैत, २०८० शुक्रबार

06:14:29 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पर्यटन मन्त्रीहरुको सम्मेलन : मुलुकको पर्यटन विकासमा तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्ने

Nepal Business

११ भदौ, २०७९

बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने किसिमको जलवायु तथा मौसमी विविधता रहेको हुँदा नेपाललाई सबै मौसममा पर्यटकीय गतिविधि गर्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रीहरुको सम्मेलन : मुलुकको पर्यटन विकासमा तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्ने

काठमाडौँ,

मुलुकको पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकार आपसी सहकार्य गरेर अगाडि बढ्ने भएका छन् ।

काठमाडौँमा आज शनिबार सम्पन्न केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलनले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच सहकार्य गरेर अगाडि बढ्ने निस्कर्ष निकालेका हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको ‘सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समिति’को बैठकले नेपालको पर्यटनलाई पुनःउत्थान गर्दै राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा स्थापित गर्ने निर्णय गरेको छ ।

बैठकले नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने किसिमको जलवायु तथा मौसमी विविधता रहेको हुँदा नेपाललाई सबै मौसममा पर्यटकीय गतिविधि गर्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने निर्णय गरेको पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।  

सो बैठकमा प्रत्येक प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षक र महत्वपूर्ण रहेका स्थानको ब्राण्डिङ गरी पर्यटकीय गन्तव्यको विविधीकरणमा जोड दिने, पर्यटन क्षेत्रसँग सम्बन्धित साझा अधिकारका विषय, सरकारबाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन तथा सङ्घ, प्रदेश र स्थानीय तहबीच एकरुपता कायम गर्नुपर्ने नीतिगत विषयमा छलफल भएको थियो ।
 
पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा स्थापित गर्न ‘नेपालको पर्यटन क्षेत्रको पुनःउत्थान कार्ययोजना–२०७९’लाई सहकार्यात्मक एवं समन्वयात्मक तवरले कार्यान्वयन गर्ने विषयमा समितिका सदस्यबाट प्रतिबद्धता प्राप्त भएको सचिव अधिकारीले बताउनुभयो ।

क्षेत्रगत योजना, नीति तथा कार्यक्रम र रणनीतिको कार्यान्वयनमा प्रभावकारिता ल्याउन सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको आपसी सहकार्यलाई सबल र गतिशील बनाउँदै अगाडि बढ्ने निर्णय सो बैठकले गरेको छ ।

उक्त बैठकले सङ्घीय व्यवस्थाबमोजिम ‘पर्यटन नीति–२०६५’ को समसामयिक परिमार्जन र राष्ट्रिय रणनीतिको तर्जुमा गर्दै पर्यटन दशक (२०२३–२०३३) को घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यस्तै निजी क्षेत्रलाई पर्यटन व्यवसायमा लगानीका निम्ति विभिन्न सहुलियत तथा सेवा सुविधा प्रदान गर्न अन्तर–निकाय समन्वयलाई निरन्तरता दिने र ग्रामीण पर्यटनको विकासका निम्ति सामुदायिक सहभागितालाई प्रवद्र्धन गर्ने निर्णय गरिएको छ भने साधन स्रोतको न्यायोचित वितरण गर्दै प्रादेशिक सन्तुलनसहितको पर्यटन क्षेत्रको दिगो विकासलाई सबै तहले आत्मसात् गर्ने निर्णयसमेत गरिएको हो ।

विदेशी पर्यटकको नेपाल प्रवेशमा सहजीकरण गर्न सीमा क्षेत्रमा हुने जाँचलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने, प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयनमा तीनै तहले आपसी सहयोग र सहकार्य गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा पर्यटन मन्त्रालयका सचिव, सातै प्रदेशका पर्यटनमन्त्री, पर्यटन सचिव, पोखरा महानगरपालिकाका प्रमुख, कार्यकारी अधिकृत, मन्त्रालयका विभिन्न महाशाखाका प्रमुख एवं मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा कार्यालयका प्रमुखको उपस्थिति रहेको थियो ।

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१  पर्यटक भित्रिए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण पर्यटक आवागमनमा कमी आएको थियो । सन् २०२२ को सुरुआतदेखि जुलाई महिनासम्म कूल पर्यटक आगमन दुई लाख ८५ हजार तीन सय ६३ रहेको छ ।