२८ बैशाख, २०८१ शुक्रबार

08:30:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार यी कम्पनीले सर्वाधिक गुमाए

Nepal Business

७ भदौ, २०७९

मंगलबार यी कम्पनीले सर्वाधिक गुमाए

काठमाण्डौं । यस साता लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार झिनो अंकले सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको छ।

 आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । 

मंगलबार सिद्धार्थ इक्वाटी फण्डको ६.८८ प्रतिशत, एभरेष्ट बैंकको सस्थापकको ५.८४ प्रतिशत, सिटिजन म्युचुअल फण्ड ५.६७ प्रतिशत, लक्ष्मी इक्वाटी फण्डको ५.०१ प्रतिशत र लक्ष्मी उन्नति कोषको ४.०९ प्रतिशतले सेयर घटेका छन् ।