२८ बैशाख, २०८१ शुक्रबार

10:35:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार कति ?

Nepal Business

७ भदौ, २०७९

सेयर बजारमा झिनो अंकको सुधार, कारोबार कति ?

काठमाण्डौं । दुई दिन लगातार घटेको सेयर बजार मंगलबार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १.८१ अंकले बढेर नेप्से परिसूचक २ हजार ०५४.९५ मा पुगेर बन्द भएको छ । 

झिनो अंकले सेयर बजार बढ्दा कारोबारमा त्यति सुधार देखिएन । आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ भने ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै ६ उपसूचकहरु बढेका छन् भने बाँकी घटेका छन् । कम्पनीहरुमा रुरु जलविद्युत परियोजना र मन्दाकनी हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ भने उपर हेवाखोला हाइड्रोपावर कम्पनी ९.९७ प्रतिशतले बढेको छ ।