२८ बैशाख, २०८१ शुक्रबार

02:19:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त आइपीओ ? भोली बुधबारदेखि खप्तड लघुवित्तको आइपीओ आउदै

Nepal Business

७ भदौ, २०७९

भर्ने होइन त आइपीओ ? भोली बुधबारदेखि खप्तड लघुवित्तको आइपीओ आउदै

काठमाण्डौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भोली बुधबारदेखि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न जनाएको छ । 

लघुवित्तले निष्काशन गर्न लागेको कुल सेयर मध्ये पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको  ।

सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्कास निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।