२५ बैशाख, २०८१ मंगलबार

10:06:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१९ जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक, कस्ले कति कमाए ?

Nepal Business

७ भदौ, २०७९

१९ जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक, कस्ले कति कमाए ?

काठमाण्डौं । विभिन्न १९ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार नौं वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने १० वटा कम्पनीहरुको नाफा बढेको हो । 

कस्ले कति कमाए ? 

राष्ट्रिय बीमा संस्थान 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म राष्ट्रिय बीमा संस्थानले ७ करोड १७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा संस्थानको खुद नाफा २७.५० प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म संस्थानले ५ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ भन्दा बढी नाफा गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १२ करोड २१ लाख ३० हजार रूपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो ।

गुराँस लाइफ 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स

गत आर्थिक वर्षमा सिटिजन लाइफ इन्स्योरेन्सले साढे १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस इन्स्योरेन्सले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

नेशनल लाइफ

नेशनल लाइफले गत आर्थिक वर्ष असार मसान्तसम्म ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार उक्त रकम नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको कम्पनीको १.९१ प्रतिशतले बढेको हो । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 

एक वर्षको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा यस कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको हो ।  अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा २१.६५ प्रतिशतले वृद्धि भएको हो ।   

ज्योति लाइफ

ज्योति लाइफले चौथो त्रैमाससम्म २३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १३ करोड रुपपैयाँ नाफा कमाएको थियो । 

मेट लाइफ 

मेट लाइफले गत आर्थिक वर्षमा २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.४५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड १० लाख रुपैयाँ रहेको थियो ।

आइएमई लाइफ 

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

युनियन लाइफ 

गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार युनियन लाइफको नाफा ९०.२३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स

गत आर्थिक वर्ष सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०२ प्रतिशतले बढी हो । 

सानिमा लाइफ

सानिमा लाइफले गत आर्थिक वर्ष असार मसान्तसम्म १५ करोड ९१ लाख नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो आवको तुलनामा ५४.८१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड २७ लाख रुपैयाँ रहेको थियो ।

प्रभु लाइफ इन्स्योरेन्स 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५७ दशमलव ४२ प्रतिशतले घटेको हो ।

एलआइसी नेपाल 

एलआइसी नेपालले आर्थिक वर्ष २०७८÷ ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त विरण अनुसार गत वर्ष कम्पनीको नाफा घटेको छ । यस अवधिमा कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

एशियन लाइफ 

एशियन लाइफले गत आर्थिक वर्षमा १६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३३.३८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । 

प्राइम लाइफ 

प्राइम लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म २२ करोड ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको  २८.६१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्ष नेपाल लाइफले ५३ करोड ५९ लाख रुपैयाँले नाफामा थियो । 

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षमा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोडमाथि नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ७४ प्रतिशतले घटेको हो ।

महालक्ष्मी लाइफ 

गत आर्थिक वर्षमा महालक्ष्मी लाइफले २४.२१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।