२८ बैशाख, २०८१ शुक्रबार

03:49:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्दै, कसरी दिने आवेदन ?

Nepal Business

७ भदौ, २०७९

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्दै, कसरी दिने आवेदन ?

काठमाण्डौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ । 

कम्पनीले यहि भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजारको ३६ प्रतिशत आइपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो ।  

सर्वसाधारणमा वितरण हुने कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी बाहेक बाँकी ३ लाख ६८ हजार ५९० कित्ता सेयर भने सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागिएको हो ।  

यो आइपीओ छिटोमा भदौ १९ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो ढिलोमा भदौ २९ गतेसम्म विक्री अवधि लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आइपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यो कम्पनीको आइपीओ पनि छोटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका उल्लेखित कित्ता आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो  वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।