१९ बैशाख, २०८१ बुधबार

08:41:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

Nepal Business

६ भदौ, २०७९

केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । सोमबार काठमाण्डौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्नुभएको हो ।

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।

नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ  । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।

बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टीममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताउनुभयो । उहाँले प्रतियोगीताका लागी राम्रो तयारी भएको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ उर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताउनुभयो । उहाँले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताउनुभयो । 

यस्तै क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्वपूर्ण हुने बताउनुभयो । सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो ।