३० बैशाख, २०८१ आइतबार

07:02:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ७.३८ अंकको गिरावट

Nepal Business

६ भदौ, २०७९

सेयर बजारमा ७.३८ अंकको गिरावट

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज ७.३८ अंकले सेयर बजार घटेर नेप्से परिसूचक २ हजार ५३.१६ विन्दुमा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँको कारोबार भएको छ भने ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै म्युचल फण्ड बाहेक सबै उपसूचकहरु घटेका छन् भने कम्पनीहरुमा उपर हेवाखोला हाइड्रोपावरमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

त्यस्तै मन्दाकी हाइड्रोपावर कम्पनी ९.९७ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचल फण्ड ७.२२ प्रशितले बढेको छ ।