३१ बैशाख, २०८१ सोमबार

01:04:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झिनो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

६ भदौ, २०७९

झिनो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनिसेयर बजार झिनो अंकले घटेको छ ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको छ । यस दिन २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार घट्दा पनि सोमबार हिमाल दोलाखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन २८ करोड १८ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, रिडी पावरको ८ करोड ५० लाख ३५ हजार रुपैयाँ, प्राइम कर्मिसियल बैंकको ८४ करोड, शिवम सिमेन्टको ५ करोड ५३ लाख २२ हजार रुपैयाँ र अपी पावरको ५ करोड ५२ लाख ०७ हजार रुपैयाँको कारोबार भएको हो ।