२५ बैशाख, २०८१ मंगलबार

11:24:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? मंगलबारदेखि ६ लाख २० हजार कित्ता आइपीओ आउँदै

६ भदौ, २०७९

भर्ने होइन त ? मंगलबारदेखि ६ लाख २० हजार कित्ता आइपीओ आउँदै

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भोलि (भदौ ७ गते मंगलबार) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनी आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण सेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गर्न लागेको हो ।

स्थानीयले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।