१४ बैशाख, २०८१ शुक्रबार

02:10:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं महानगरद्वारा नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु

Nepal Business

६ भदौ, २०७९

काठमाण्डौं महानगरद्वारा नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु

काठमाण्डौं । काठमाण्डौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ । नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको विपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो ।

पहिलो चरणमा काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र साह काठमाण्डौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गर्नुभएको थियो । भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएपनि त्यस विपरितको कार्य भएको महानगरले जनाएको छ।

प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँले अन्य स्थानमा पनि प्रयोजन विपरित राखिएका पसलहरु हटाउने बताउनुभयो । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारिहरुले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो ।

तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।