३१ बैशाख, २०८१ सोमबार

02:21:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौभित्र १० वटा प्राइभेट इक्वीटि भेञ्चरको लाइसेन्स दिंदै धितोपत्र बोर्ड

६ भदौ, २०७९

भदौभित्र १० वटा प्राइभेट इक्वीटि भेञ्चरको लाइसेन्स दिंदै धितोपत्र बोर्ड

काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले अहिलेसम्म २ वटा प्राईभेट ईक्विटी फन्डलाई सन्चालन अनुमति दिएको र १० वटालाई यही भदौ महिनाभित्र अनुमतिपत्र प्रदान गर्ने बताउनुभएको छ ।

नेपाल स्टक एक्सचेन्जले आयोजना गरेको नेपालमा डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा अध्यक्ष हमालले अवसर इक्वीटिले आइतबार मात्रै प्राइभेट इक्वीटि भेञ्चरको लाइसेन्स पाएको बताउनुभएको हो ।

यसैगरी, अध्यान्त इक्वीटिलाई पनि स्वीकृत दिने प्रकृया अन्तिम चरणमा पुगेको उहाँले बताउनुभएको छ। अध्यक्ष हमालले कागजपत्र पुर्याउने सबैलाई प्राइभेट इक्वीटिको लाइसेन्स दिइने जनाउनुभयो।

अध्यक्ष हमालले भन्नुभयो, ‘सबैलाई हामीले लाइसेन्स दिने हो, भदौभित्र १० वटालाई लाइसेन्स दिने हो। मैले ढिला गरेको होइन उहाँहरुले कागजपत्र नपुर्याउँदा लाइसेन्स पाइराख्नु भएको छैन ।’