३० चैत, २०८१ शनिबार
01:39:20 AM
६ भदौ, २०७९
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज (भदौ ६ गते सोमबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १०० रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, साउन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गरेको उक्त हकप्रदमा भदौ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।