३१ बैशाख, २०८१ सोमबार

08:35:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अब आईपीओ भर्दा लाग्ने सिआस्वा शूल्क बढीमा ५ रुपैयाँ मात्र लाग्ने

६ भदौ, २०७९

अब आईपीओ भर्दा लाग्ने सिआस्वा शूल्क बढीमा ५ रुपैयाँ मात्र लाग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ भर्दा लाग्ने सिआस्बा शुल्क घटाउने तयारी गरेको छ। धितापत्र बोर्डले आईपीओ भर्दा लाग्ने सिआस्वा शूल्कको अधिकतम सिमालाई ९५ प्रतिशतले घटाउने तयारी गरेको छ ।

हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले अधिकतम १०० रुपैयाँसम्म सिआस्वा शूल्क लिन पाउने कानुनी व्यवस्था रहेकोमा अब बोर्डले उक्त व्यवस्थालाई परिमार्जन गरी अधिकतम ५ रुपैयाँ सम्म सिआस्वा शूल्क लिन पाउने व्यवस्था गर्न लागेको हो । अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सीआस्बा सेवा प्रदान गर्दै आएका छन्

आईपीओ भर्दा लाग्ने शूल्कलाई परिमार्जन गरि अधिकतम ५ रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था कार्यन्यनका लागि बोर्डमा छलफल समेत भइसकेको र अब छिट्टै कार्यन्यनमा जाने बोर्डले जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरुले मनपरी सिआस्वा शूल्क लिएको भन्दै लगानीकर्ताहरुको चर्को बिरोध गर्दै आएका थिए।