३१ बैशाख, २०८१ सोमबार

02:25:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरको बढ्दो आकर्षण, आधा करोडभन्दा बढीको छ डिम्याट खाता

५ भदौ, २०७९

सेयरको बढ्दो आकर्षण, आधा करोडभन्दा बढीको छ डिम्याट खाता

काठमाडौं । सेयर बजारमा सर्वसाधारणको पहुँच दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय सडकदेखि सदनसम्म सेयर बजारकै चर्चा हुने गरेको छ । झन  पछिल्लो समयमा साधारण सेयर (आईपीओ) प्रति सर्वसाधारणहरूको क्रेज बढ्दै गइरहेको छ ।

दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा जोखिम कम हुने भएकाले आईपीओप्रति लगानीकर्ताहरूको आकर्षण बढिरहेको अनुमान लगाउन सकिन्छ ।

कम परिश्रममै राम्रो मुनाफा हासिल गर्न सकिने  र सुरक्षित लगानीको उपयुक्त ठाउँ सेयर बजारलाई मानिन्छ । यो सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार हो ।

तर, पछिल्लो समयको सेयर कारोबारको अवस्थाले लगानीकर्तालाई निराश बनाएको विज्ञहरु बताउँछन् । यद्यपि बजार करेक्सनतर्फ गएको र केही समयमा फर्कने आश लगानीकर्ताहरुले लिएका छन् ।

सेयर बजारको प्रवेश विन्दु नै डिम्याट खाता भएकोले यो लिने मानिसहरुको क्रेज दिनानु दिन बढिरहेको छ । अहिले आधा करोडभन्दा बढी जनसंख्याको डिम्याट खाता रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांकमा उल्लेख छ ।

सीडीएससीका अनुसार अहिले डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ३७ हजार ७७० वटा रहेको छ । ती खातामा ८ अर्ब ८४ करोड ६६ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर रहेको छ । यस्तै मेरो सेयरका प्रयोगकर्ता ४४ लाख ३२ हजार ५४७ जना पुगेका छन् ।

सेयर बजारमा २२६ कम्पनी सूचीकृत छन् । अहिले विभिन्न नयाँ कम्पनीहरुले पनि धमाधम आईपीओ जारी गरिरहेका छन् । अहिले पनि १९ कम्पनी आईपीओ निष्काशनको लागि पाइपलाईनमा रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले पनि ५ अर्बभन्दा बढीको कारोबार भएका कम्पनीले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यो सँगै सूचीकृत कम्पनीहरुको संख्या पनि वृद्धि हुनेछ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।

आजकाल प्रविधिको युगमा अधिकांश लगानीकर्ताहरूले अनलाइन अर्थात् मेरो सेयरबाट आईपीओ भरिरहेका हुन्छन् । आईपीओ भर्ने सजिलो माध्यम होे मेरो सेयर । मेरो सेयरबाट आईपीआमो आवेदन दिन सकिन्छ ।