१५ बैशाख, २०८१ शनिबार

09:14:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्मचारीलाई इन्धन र मोबाइल खर्च कटौती गर्ने बुटवल उपमहानगरपालिकाको निर्णय

५ भदौ, २०७९

कर्मचारीलाई इन्धन र मोबाइल खर्च कटौती गर्ने बुटवल उपमहानगरपालिकाको निर्णय

काठमाडौं । बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले कर्मचारीहरुले लिंदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय हो ।

उपमहानगरमा करिब ४० जना उच्च तहका कर्मचारीले यो सुविधा लिंदै आएका थिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

साथै, बैठकले बुटवल–१५ कर्साघाटमा २ अर्ब लागतमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको छ ।

यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्य सञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोक सेवा आयोगसँग परामर्श गरी अघि बढाउने निर्णय गरेको बताइएको छ ।