३१ बैशाख, २०८१ सोमबार

03:03:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

७.७२ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

५ भदौ, २०७९

७.७२ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । गत सातामा बढेर बन्द भएको सेयर बजार यो साताको सुरुवात मै घटेको हो। पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक बजार बन्द हुने बेलासम्ममा घटेको हो ।  

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा बन्द भएको छ । यस दिन २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३२ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।  ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिन दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन मन्दाकीनी हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबारको आधारमा आइतबार रिडी पावर कम्पनीको सर्वाधिक खरिदबिक्री भएको छ । सिभर फल्स कम्पनीको र  हिमालयन हाइड्रो पावर कम्पनीको सेयरमूल्यमा यस दिन ५ प्रतिशत भन्दा बढीले घटेको हो ।