३० बैशाख, २०८१ आइतबार

11:33:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओरालो लागेको सेयर बजारमा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

५ भदौ, २०७९

ओरालो लागेको सेयर बजारमा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । गत सातामा बढेर बन्द भएको सेयर बजार यो साताको सुरुवात मै घटेको हो। पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक बजार बन्द हुने बेलासम्ममा घटेको हो ।  

आइतबार नेपाल स्टक एक्सचेञ्ज  (नेप्से)  ७.७२ अंकले घटेर २०६०.५५ विन्दुमा बन्द भएको छ । यस दिन २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से ओरालो लाग्दा पनि आइतबार रिडी पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १२ करोड १० लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ, नेष्डो समृद्धि लघुवित्तको ७ करोड ४४ लाख १९ हजार रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ५० लाख २० हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड ल७३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।