२६ बैशाख, २०८१ बुधबार

03:42:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? सान्जेन जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

५ भदौ, २०७९

भर्ने होइन त ? सान्जेन जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज (भदौ ५ गते आइतबार) देखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

निष्काशन गरिएको कुल १० प्रतिशत आईपीओमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

उक्त आईपीओ छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आर्यपीओ निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।