९ मंसिर, २०८१ आइतबार

05:14:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पशुपति धर्मशाला बताससँगको सम्झौता खारेज गर्न छानविन समितिको सिफारिस

Nepal Business

३ माघ, २०७८

पशुपति धर्मशाला बताससँगको सम्झौता खारेज गर्न छानविन समितिको सिफारिस

काठमाण्डौ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नेपाल–भारत पशुपतिमैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले आज आफ्नो प्रतिवेदन पेस गरेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले उक्त प्रतिवेदन पेस गरेको हो ।

मन्त्री आले उक्त कोषका अध्यक्ष भए पनि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक सुवेदीले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।

मन्त्री आले उक्त कोषका अध्यक्ष भए पनि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक सुवेदीले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । समितिले बुझाएको प्रतिवेदनमा नेपाल–भारत पशुपतिमैत्री धर्मशालामा सम्झौता विपरीत काम भएकाले उक्त सम्झौता रद्द गर्नुपर्ने उल्लेख गरिएको छ । धर्मशाला कसैलाई टेन्डर दिने भन्ने पहिले नै प्लानिङ गरी सूचना प्रकाशन गरिएको समितिको आशङ्का रहेको समितिका संयोजक सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मशालाका विषयमा थुप्रै कमी कमजोरी भएका देखिएका छन्, सेटिङका आधारमा काम भएको समितिको ठहर छ, त्यसैले यो रद्द हुनुपर्छ ।” यसैगरी, धर्मशाला गहना पसल, गाडी स्वरुम राखिएका र मनपरी मूल्य लिइँदै आएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त समितिमा पाँचजना सदस्य रहेका थिए । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहनुभएको थियो भने मन्त्रालयका लेखाका उपसचिव सदस्य रहनुभएको थियो । उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि बतास समूह लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरुसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।