२६ बैशाख, २०८१ बुधबार

09:41:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारितसहित अप्पर तामाकोशीको साधारणसभा सम्पन्न

३ भदौ, २०७९

शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारितसहित अप्पर तामाकोशीको साधारणसभा सम्पन्न

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको चौधौ वर्षिक साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको हो । सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले १ः१ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै सभाले सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ। यो बर्ष कम्पनी घाटामा रहेको कारण सेयरधनीलाई लाभांश भने वितरण नगर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ।