२७ बैशाख, २०८१ बिहिबार

03:22:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युनाइटेड इदी मार्दीको नाफा ११.९८ प्रतिशतले बढ्यो, विद्युत् बिक्री आम्दानी कति ?

३ भदौ, २०७९

युनाइटेड इदी मार्दीको नाफा ११.९८ प्रतिशतले बढ्यो, विद्युत् बिक्री आम्दानी कति ?

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

हाइड्रोपावरले सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५ करोड १६ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा खुद नाफा ११.९८ प्रतिशतले वृृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको छ । एक वर्षको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ३८.७६ प्रतिशतले बढेर १८ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १३ करोड ४४ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४२ करोड रुपैयाँ र जगेडा कोषमा ५ करोड २३ लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा ८ लाख ४८ हजार रुपैयाँ मात्र रहेको
 
 यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा छ । अघिल्लो वर्ष भने कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ २० पैसा थियो ।