२६ बैशाख, २०८१ बुधबार

09:29:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिवर्टी इनर्जी कम्पनी अझै २ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा, अन्य अवस्था कस्तो ?

३ भदौ, २०७९

लिवर्टी इनर्जी कम्पनी अझै २ करोड ८४ लाख रुपैयाँ नोक्सानीमा, अन्य अवस्था कस्तो ?

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इनर्जीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा कम्पनी २ करोड ८४ लाख ५८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ३ करोड ८५ लाख ७४ हजार रुपैयाँ नोक्सानीमा थियो ।  यो कम्पनीले अहिलसम्म विद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भकोे आकार १७ करोड ९३ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यो अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.९० रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ४ पैसा छ ।