१७ बैशाख, २०८१ सोमबार

10:48:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश को-को भए पक्ष विपक्षमा

३ माघ, २०७८

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश को-को भए पक्ष विपक्षमा

जनकपुर ।

अन्तत प्रदेश २ सभाले मधेश प्रदेश नाम प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो ।
सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी जसपासँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोज कुमार यादवले मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको जानकारी दिए । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए ।   ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।
यसअघि सोमबार नै प्रदेशसभाले स्थायी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।