२७ बैशाख, २०८१ बिहिबार

04:01:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् राधी विद्युतको १४७ प्रतिशत हकप्रद ?

३ भदौ, २०७९

कहिलेसम्म कायम सेयरधनीले पाउँछन् राधी विद्युतको १४७ प्रतिशत हकप्रद ?

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत साउन ९ गते राधी विद्युतलाई चुक्ता पुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएसँगै अब राधी विद्युत कम्पनीले १४७ रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ ।

जसका लागी कम्पनीले भदौ १२ गते १ दिनका लागी बुकक्लोज गर्ने निर्णय गरेको त्यसैले अब भदौ ११ गतेसम्म कायम सेयरधनीहरुले १०० प्रतिशत हकप्रदमा आवेदन दिन सक्नेछन् ।

राधी विद्युत कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।