१४ बैशाख, २०८१ शुक्रबार

08:17:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिजी पे र स्टार हस्पिटलबीच बजार तथा सेवा विस्तारका लागि सम्झौता

Nepal Business

३ भदौ, २०७९

 डिजी पे र स्टार हस्पिटलबीच बजार तथा सेवा विस्तारका लागि सम्झौता

काठमाण्डौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुरस्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो । 

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गर्नुभएको हो । 

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आवद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य रु. ८२५ को दुईवटा ए हजार ६५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् भने बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् । 

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आवद्ध हुन पाउनुमा खुशी व्यक्त गर्नुभएको छ । 

उहाँका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धी हुन सक्छ ।

यस्तै डिजी पे का अध्यक्ष श्री दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताउनुभयो ।

उहाँका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ । त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताउनुभयो ।