२६ बैशाख, २०८१ बुधबार

08:19:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म कतिले भरे पिपुल्स पावरको आइपीओ ? यस्तो छ पछिल्लो अपडेट

२ भदौ, २०७९

हालसम्म कतिले भरे पिपुल्स पावरको आइपीओ ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा १ अर्ब २२ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले साउन ३१ गते मंगलबारदेखि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा मागभन्दा बढी आवेदन परेको हो ।

सीडीएसका अनुसार आज ( भदौ २ गते बिहीबार) साँझ ५ बजेसम्ममा १० लाख ६७ हजार १८० जना आवेदकले १ करोड २२ लाख ६४ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि छिटोमा भदौ ५ गतेसम्म र ढीलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

केयर नेपालले कम्पनीको आईपीओलाई  ‘केयर एनपी– बीबी’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा औषत जोखिम रहेको देखाउँछ ।