३१ बैशाख, २०८१ सोमबार

06:46:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरियाली छाएको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ भदौ, २०७९

हरियाली छाएको सेयर बजारमा बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाचौँ कारोबारको दिन बिहिबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन अर्थात बुधबार झिनो अंकले घटेको सेयर बजार बिहीबार बढेको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.७२ अंकले बढेर २०६८.४२ विन्दुमा बन्द भएको छ । यस दिन २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो रकमबराबरको कारोबार हुँदा बिहीबार रिडी हाइड्रोपावरको सेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको यस दिन १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।    

त्यस्तै, अपि पावरको ७ करोड ८० लाख, शिवम् सिमेन्ट्सको ६ करोड ३ लाख, अरुण काबेली पावरको ५ करोड ५६ लाख र आइसिएफसी फाइनान्सको ५ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।