३१ बैशाख, २०८१ सोमबार

04:52:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार २७.७२ अकंले बढ्यो, कति भयो कारोबार ?

Nepal Business

२ भदौ, २०७९

सेयर बजार २७.७२ अकंले बढ्यो, कति भयो कारोबार ?

काठमाण्डौं । सेयर बजार घटबढ हुने क्रम जारी छ । बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २७.७२ अकंले बढेर नेप्से परिसूचक २ हजार ६८.४२ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढेसँगै कारोबार पनि बढेको छ । आज २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रुपैयाँको कारोबार भएको छ भने ५१ लख १ हजार २९० कित्ता सेयर किनबेच भएका छन्। 

आज सबै उपसमुहरुमा हरियाली छाएको छ । कम्पनीहरुमा मन्दाकनी हाइड्रोपावर र उपर शोलो हाइड्रो कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ । 

श्वेत गंगा हाइड्रो एण्ड कनस्ट्रक्शन ९.९७ प्रतिशत, उपर हेवाखोला हाइड्रो कम्पनी ९.९६ प्रतिशत र हिमालयन हाइड्रोपावर ८.९३ प्रतिशतले बढेका छन् ।