१ जेठ, २०८१ मंगलबार

02:10:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक दिनमा लागि मेरो सेयर बन्द हुने (सूचनासहित)

Nepal Business

२ भदौ, २०७९

एक दिनमा लागि मेरो सेयर बन्द हुने  (सूचनासहित)

काठमाडौं । ‘मेरो सेयरको’ वेबसाइट बन्द हुने भएको छ । बिहीबार सिडीएस एण्ड क्लियरिङ  (सिडीएससी)ले एक सूचना जारी गर्दै साँझ साढे ५ बजेदेखि एक दिनका लागि सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको हो । 

सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख छ । 

सूचनामा जनाइए अनुसार सिडीएससीले संचालक गरेका मेरो सेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु एक दिनका लागि बन्द हुने भएका छन्।