३१ बैशाख, २०८१ सोमबार

07:23:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डले १२ ब्रोकरलाई दियो शाखा विस्तारको स्वीकृति

२ भदौ, २०७९

धितोपत्र बोर्डले १२ ब्रोकरलाई दियो शाखा विस्तारको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १२ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ। धितोपत्र बोर्डले १२ वटा वटा ब्रोकर कम्पनीलाई विभिन्न ठाउँमा २२ वटा शाखा कार्यालय खोल्न स्वीकृति दिएको हो ।  सोमध्ये १७ वटालाई शाखा संचालनका लागि स्वीकृति दिइएको छ भने ५ वटालाई पुर्वाधार तयार गर्न स्वीकृति दिइएको धितोपत्र बोर्डले जनाएको छ ।

धितोपत्र बोर्डले भिजन सेक्युरिटिजलाई नवलपरासीको कावासोती, म्याग्दीको बेनी, तनहुँको दमौलीमा शाखा सञ्चालनका लागि अनुमति दिएको छ । नेपाल स्टक हाउसले नुवाकोटको विदुरमा र कैलालीको टिकापुरमा शाखा संचालनका लागिबोर्डबाट स्वीकृति पाएको हो । त्यस्तै दिपशिखाले चितवनको टाँडी र कैलालीको लम्कीमा शाखा कार्यालय खोल्न स्वीकृति पाएका छन् ।

आर्यताराले पाल्पाको तानसेन र कैलालीको टिकापुरमा शाखा संचालन गर्न अनुमति पाएका छन्। अनलाईनले नुवाकोटको बट्टारमा, मल्ल एण्ड मल्लले पाँचथरको फिदिम र इलाममा, सेक्युर्डले झापाको दमकमा, त्रिशुलले नवलपरासीको कावासोतीमा, अक्सफोर्डले नवलपुरको भुमहीमा, डाइनामिकले चितवनको भरतपुरमा, दिव्याले पर्वतको कुस्मामा र जे.एफले दाङको तुल्सीपुरमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएको हो ।

बोर्डले अनलाइन सेक्युरिटिजलाई रामेछापको मन्थलीमा र मोरगंको उर्लाबारीमा पुर्वाधार तयार गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै दिपशिखा धितोपत्र कारोबार कम्पनीलाई पनि सिरहाको लाहान र दोलखाको चरिकोटमा पुर्वाधार तयार गर्न अनुमति दिएको हो ।