६ जेठ, २०८१ आइतबार

02:09:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बँदेललाई थापेको पासोमा परेको चितुवा अन्तत...

Nepal Business

१ भदौ, २०७९

“पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।”

बँदेललाई थापेको पासोमा परेको चितुवा अन्तत...

बैतडी,
दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा अन्ततः मरेको छ । उक्त चितुवा बुधबार बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा  दिउँसो मरेको हो । 

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा  दिउँसो मरेको हो । 

उहाँले भन्नुभयो, “पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।”

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।