७ बैशाख, २०८१ शुक्रबार

08:02:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकको कडाइका कारण सुस्तायो घरजग्गा कारोबार

१ भदौ, २०७९

राष्ट्र बैंकको कडाइका कारण सुस्तायो घरजग्गा कारोबार

काठमाडौं । साउन महिनामा घरजग्गाको कारोबार सुस्ताएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गा धितो कर्जामा कडाइ गरेसँगै साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको हो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७ सय८५ मात्र कित्ताकाट भएका छन् । गत आर्थिक बर्षको साउन महिनामा ७३ हजार १ सय ५९ वटा जग्गा कित्ताकाट भएको तथ्यांकले उल्लेख छ ।

यस्तै, साउन महिनामा कुल ३३ हजार ८ सय ३४ घरजग्गा किनबेच भएको छ । साउन महिनामा सरकारले घरजग्गा किनबेचबाट २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षको साउनमा सरकारले घरजग्गा किनबेचबाट ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । राष्ट्र बैंकले घरजग्गा धितो कर्जामा कडाइ गर्दा सरकारले संकलन गर्ने राजश्वमा पनि कमि आएको हो ।

सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ भने नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा कुल मूल्याकंनको ३० प्रतिशत र काठमाडौं बाहिर कुल मुल्यांकनको ४० प्रतिशत मात्रै कर्जा  पाइने व्यवस्था गरेको छ ।