२७ बैशाख, २०८१ बिहिबार

07:57:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी दिनमा विद्युत प्राधिकरणको नाफाको ग्राफ बढ्दै जान्छः घिसिङ

Nepal Business

१ भदौ, २०७९

आगामी दिनमा विद्युत प्राधिकरणको नाफाको ग्राफ बढ्दै जान्छः घिसिङ

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताउनुभएको छ । 

बुधबार प्राधिकरणको ३७ औं वार्षिकत्सवमा उहाँले गत आर्थिक वर्षमा प्राधिकरणले १६ अर्ब १६ करोडभन्दा बढी नाफा कमाएको र आगामी दिन यो ग्राफ अझ बढ्ने बताउनुभएको हो । 

उहाँका अनुसार यो नाफा हालसम्मकै उच्च रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा प्राधिकरणले ६ अर्ब १० करोड नाफा गरेको थियो ।

कार्यक्रममा उहाँले विद्युत उपभोग बढाउन  विभिन्न अभियान चलाउने, विद्युत प्रधिकरणलाई डिजिटल बनाउने, देशभरका विभिन्न स्थानमा फस्ट चार्चिङ स्टेसन बनाउने घोषाणा पनि गर्नुभयो ।