१८ बैशाख, २०८१ मंगलबार

01:55:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली, मध्यभोटेकोशीको निरन्तर छलाङ

३ माघ, २०७८

सेयर बजारमा हरियाली, मध्यभोटेकोशीको निरन्तर छलाङ

काठमाण्डौं

साताको दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ । तिव्र उचारचढावकाबीच बजार २०.६४ अंकले उकालो लागेको हो । बजार २०.६४ अंकले उकालो लाग्दा नेप्से परिसूचक २९४७.३८ विन्दुमा पुगेको छ । आइतबार निरन्तर बजार बढेको थियो। ६९ अंकको उचाइ लिएको बजारमा सोमबार भने स्थिरता देखिएन।

बजारमा तीब्र उतारचढाब देखिँदा कारोबार रकममा गिरावट आएको छ। कुल ७ अर्ब ९० करोड रुपैयाँको किनबेच भएको छ। आइतबार ९ अर्ब ६७ करोड रुपैयाँको सेययर किनबेच भएको थियो । बजारमा मध्यभोटेकोशीले निरन्तर छलाङ मारिरहेको छ।

सूचिकृत भएदेखि १० प्रतिशतले मूल्य बढेको भोटेकोशीको मूल्य ४५८ रुपैयाँ पुगेको छ। यसपछि ८ प्रतिशतमाथिले सनराइज ब्लुचिप, सिंगटी हाइड्रो र सीइडीपी हाइड्रोको सेयर मूल्य बढेको छ। दिनभरीमा ९७ कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार १० प्रतिशतले मूल्य बढेको स्ट्यान्डर्ड चार्टर्डको मूल्य २.९१ प्रतिशतले घटेको छ। दिनभरीमा ८१ कम्पनीको सेयर मूल्य घटेको छ।