२८ बैशाख, २०८१ शुक्रबार

10:46:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झिनो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

१ भदौ, २०७९

झिनो अंकले घटेको सेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार पनि सेयर बजार झिनो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको छ । यस दिन २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको हो ।

सो रकम बराबरको कारोबार हुँदा बुधबार रिडी पावरको सर्वाधिक काराबोर भएको छ । यस दिन कम्पनीको १८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ९ लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसी फाइनान्सको ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।