२८ बैशाख, २०८१ शुक्रबार

10:15:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार झिनो अंकले घट्दा कारोबार पनि घट्यो

Nepal Business

१ भदौ, २०७९

सेयर बजार झिनो अंकले घट्दा कारोबार पनि घट्यो

काठमाण्डौं । सेयर बजार बुधबार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ०.३६ अंकले घटेको हो । 

सेयर बजार ०.३६ अंकले घट्दा नेप्से परिसूचक २ हजबर ४०.७० विन्दुमा बन्द भएको छ । सेयर बजार घट्दा कारोबार पनि घटेको छ ।

आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको छ भने ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच भएका छन् ।

यस्तै बुधबार सात उपसूचकहरु बढेका छन् भने छ उपसूचक घटेका छन् । कम्पनीहरुमा श्वेत–गंगा हाइड्रोपावर कम्पनीमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।

मन्दाकनी हाइड्रोपावर र उपर हेवाखोला हाइड्रोपावर ९.९९ प्रतिशतले बढेका छन् भने उपर शोलो हाइड्रो कम्पनी र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.९८ प्रतिशतले बढेका छन् ।